29, May, 2024

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ फाल्गुन २०८०, बुधबार १२:२१ | २ महिना अगाडी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् । महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा मनोनित गरेका हुन् ।

आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गरेका छन् । आचार्य उत्पादनमूलक उद्योग, व्यापार लगायतका क्षेत्रमा संलग्न छन् ।
यसअघि दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रही सकेका आचार्यले महासंघमा रोजगारदाता परिषदको उपसभापति एवं उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

२३ फाल्गुन २०८०, बुधबार १२:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading