12, Apr, 2024

खड्कासहित १० जना कार्यसमिति सदस्यको बहिष्कारबीच,लेखा परीक्षण प्रतिवेदन, बजेट र क्यालेन्डर पारित भएको घोषणा

बागमती भ्वाइस
बागमती भ्वाइस
१४ फाल्गुन २०८०, सोमबार १६:४७ | १ महिना अगाडी

काठमाडौं । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० जना कार्यसमिति सदस्यको बहिष्कारबीच अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

साधारणसभाले लेखा परीक्षण प्रतिवेदन, वार्षिक क्यालेन्डर र आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको हो । केन्द्रीय कार्य समितिमा छलफल नभएका विषयलाई साधारणसभामा प्रस्तुत गरिएको भन्दै एन्फाका २१ मध्ये १० सदस्यले विरोध जनाएका थिए ।

एन्फा प्रवक्ता सुरेश शाहले साधारणसभामा कार्य समितिका पदाधिकारी उपस्थित भए/भएनन् भन्ने कुराले ठूलो अर्थ नराख्ने बताए ।

‘साधारणसभामा सहभागी हुने एक सय ५ सदस्यमध्ये ७७ जनासँग मताधिकार पनि रहेको हुन्छ । मताधिकार रहेकामध्ये ७४ सदस्य आजको साधारणसभामा उपस्थित हुनु भएको छ’, शाहले भने ।

१४ फाल्गुन २०८०, सोमबार १६:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading