12, Apr, 2024

संसद भवन परिसरमा छिरेर लघुवित्त ऋणीले प्रदर्शन गरेको विषयमा सभामुखको चासो,आईजीपीलाई फोन

बागमती भ्वाइस
बागमती भ्वाइस
१४ फाल्गुन २०८०, सोमबार १६:५१ | १ महिना अगाडी

काठमाडौं । संसद भवन परिसरमा छिरेर लघुवित्त ऋणीले प्रदर्शन गरेको विषयमा सभामुखले चासो राखेका छन् । उनले लगत्तै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई फोन गरेर ध्यानाकर्षणसमेत गराएका छन् ।

संसद भवनको सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको सभामुखले आईजीपी कुँवरलाई बताएका थिए । कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी गराएको संसद सचिवालय स्रोतले बतायो ।

संसद भवन सुरक्षार्थ टोली परिवर्तन गरिएको पनि कुँवरले जानकारी गराएका छन् ।

१४ फाल्गुन २०८०, सोमबार १६:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading