वि.सं.२०८१ माघ ५ शनिवार

दशरथ रंगशालाले धान्दैन, त्यो भन्दा ठूलो चाहिन्छ : अध्यक्ष पंकजबिक्रम नेम्वाङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङले २५ देखि ४० हजारसम्म दर्शक क्षमताको अर्को रंगशाला आवश्यक भएको बताएका छन् ।

सोमबारको एन्फाको साधारण सभामा बोल्दै उनले नेपालमा फुटबलको लोकप्रियता बढ्दै गएकाले अब दशरथ रंगशालाले मात्र नधान्ने बताए ।

‘काठमाडौंमा दशरथ रंगशाला छ, च्यासल रंगशाला पनि छ । अहिलेसम्म धानिरहेको अवस्था छ । फुटबलको यस्तै लोकप्रियता बढ्दै गएको अवस्थामा अब हामीलाई दशरथ रंगशालाले मात्रै धान्नसक्ने अवस्था छैन’, अध्यक्ष नेम्वाङले भने, ‘सदस्यसचिवलाई केही अनुरोध गर्न चाहन्छु । एउटा अन्तर्राष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शकको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको छ ।’

उनले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन अब ढिलो गरे नेपाली फुटबलको विकासमा अवरोध पुग्ने बताए ।