12, Apr, 2024

बारा निजगढको एक वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु, ५ जना घाइते

बागमती भ्वाइस
बागमती भ्वाइस
१४ फाल्गुन २०८०, सोमबार १६:०५ | १ महिना अगाडी

बारा । बारा निजगढको एक वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । उक्त घटनामा पाँचजना घाइते भएका छन् । रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

उक्त घटनामा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । विस्फोटबाट सूर्यबहादुर थापा, फिरोद देवान, रितु रजत, राकेश जयसवाल र अरविन साह घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

१४ फाल्गुन २०८०, सोमबार १६:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading