वि.सं.२०८१ फागुन ४ आइतवार

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठद्वारा मकवानपुर जिल्ला अदालको नवनिर्मित ७१ कोठे भवनको उद्घाटन

हेटौंडा । मकवानपुर जिल्ला अदालको नवनिर्मित ७१ कोठे भवनको उद्घाटन भएको छ । हेटौंडा उपमहानगरपलिका वडा नम्बर–२ मा नवनिर्मित भवनको उद्घाटन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरेका हुन् ।

२०७७ साल माघ २१ गते सम्झौता भएको भवन निर्धारित समयमानै सम्पन्न भइ प्रधानन्यायाधीश श्रेष्ठले उद्घाटन गरेका हुन् ।

सुविधासम्पन्न पाँच तल्ले भवनमा भुमिगत पार्किङसहित अपाङ्गमैत्री सुविधा रहेको छ । भवनमा कर्मचारी तथा सेवाग्राहीको लागि दुइवटा लिफ्टको व्यवस्थापन गरिएको छ । १० कठ्ठा क्षेत्रफलमा निर्मित भवनमा ४८ वटा सिसिटिभी, प्रहरी विट, आधुनिक चमेना गृह रहेको छ । जिल्ला अदालतको भवनमा पाँचवटा अपाङ्गमैत्री शौचालय समेत रहेका छन् ।

भवनमा पुस्ताकलय, कानुन ब्यबसायी प्रतीक्षा कक्ष, सुपरिवेक्षण कक्ष, सभाहल, सूचना कक्ष, मेलमिलाप कक्ष, पोषण कक्ष लगाएको सुविधा रहेको छ ।
२७ करोड ८९ लाख १४ हजार १ सय ६७ रुपैयाँमा बोलपत्र भएको भवनलाइ काठमाडौको कविन्द्ररनवसिर्जनशिलरस्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । तर मुल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

Untitled