वि.सं.२०८३ असार १९ शुक्रवार

नेकपा एसले भन्यो, ‘समाजवादी मोर्चामा आबद्व बनाउन एमालेसँग पनि संवाद गर्न सकिन्छ’

khanepani

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि ल्याउन संवाद गर्न सकिने बताएको छ ।

शनिबार बसेको मोर्चाको बैठकले एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको थियो ।

त्यही प्रसंगमा नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीले पत्र लेख्ने कुरा गरेका छैनौं । अनौपचारिक छलफल सुरु भएको छ । सबैसँग छलफल सुरु गर्ने र मोर्चालाई बृहत बनाउन प्रयास गर्ने हाम्रो मूल नीतिअन्तर्गत पर्छ, एमालेसँग पनि संवाद गर्न सकिन्छ ।’

नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मोर्चामा आवद्ध छन् । मोर्चाको नेतृत्व अहिले नेकपाका महासचिव विप्लवले सम्हालेका छन् ।

ranechhap