28, Apr, 2024

केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा (भिडियो सहित)

Bagmati Voice
संवाददाता
२३ माघ २०८०, मंगलवार १६:२५ | २ महिना अगाडी

काठमाडौं । दोस्रो संस्करणको केपी ओली कपको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।
आयोजक राष्ट्रिय युवा संघ, नेपालले मंगलबार काठमाडौंमा फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगीतामा केपी ओली फुटबल क्लबका साथै सात ए डिभिजन क्लबले सहभागीता जनाउनेछन् । त्यस्तै भारतको दिल्ली फुटबल क्लव र भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले समेत सहभागीता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिजयी टोलीले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिन युवा संघले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने, यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

२३ माघ २०८०, मंगलवार १६:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading