13, May, 2024

रवि लामिछानेले भने, “पत्रकारहरुले दलिय स्वार्थ मान्दा माथि उठेर पत्रकारीता गर्नु होस” (भिडियो सहित)

Bagmati Voice
संवाददाता
२३ माघ २०८०, मंगलवार १५:१४ | ३ महिना अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफुहरुको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत रहेको बताएका छन ।

रफत सञ्चार क्लवको १४ औं वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति लामिछानले देशमा कयौ नेता र दलहरुको जन्म भएपनि आफुहरुको ध्यान भने लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत रहेको बताएका हुन । जुनसुकै परिस्थीति आएपनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाउने उनले बताए ।

त्यस्तै सभापति लामिछानले संविधानको रक्षा र परिवर्तनको संस्थागतका साथै सरकारले ल्याउने कानूनहरुलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने धारणा राखे । उनले आफ्ना बारेमा उठेका बिभिन्न प्रश्नहरुको सामना गर्न आफु तयार रहेको र आफुप्रतिको आरोप र लान्छानाप्रति आक्रोशित नभएको बरु यसले आफुलाई प्रष्ट पार्ने मौका पाएको जिकिर गरे । राजनीतिको सेवा र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने भन्दै पत्रकारितालाई राजनीतिबाट पर राख्न उनले सुझाव दिए ।
कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष दिलिप कुमार थापा मगर, पत्रकार शिव कुमार भट्टराई लगाएतलाई सम्मान गरिएको थियो ।

२३ माघ २०८०, मंगलवार १५:१४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading