28, Apr, 2024

सुकुम्बासीको घर निर्माणमा मुख्यमन्त्री केदार कार्की र प्रतिनिधि सभा सदस्य योगेन्द्रले गरे श्रमदान

बागमती भ्वाइस
बागमती भ्वाइस
१९ माघ २०८०, शुक्रबार १५:२६ | २ महिना अगाडी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुकुम्बासीका लागि घर बनाउन शुक्रबार श्रमदान गरेका छन् । विराटनगर १६ दरैहयाका सुकुम्बासी तथा असहाय परिवारको घर निर्माणमा मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् । उनीसँगै सुकुम्बासीको घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले समेत श्रमदान गरेका थिए ।

यसअघि मुख्यमन्त्री नभएका बेला पनि उनी बेला बेला आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सो सुकुम्बासी बस्तीहरुमा घर निर्माण गर्न श्रमदानका लागि पुग्ने गरेका थिए । मुख्यमन्त्री कार्की सहितले श्रमदान गरेर शिव राईको घर बनाएका हुन् ।

घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र लोग्ने स्वासनी गरी पाँच जना परिवारका सदस्य एउटै सानो झुपडीमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरिब, दलित, सुकुम्वासीको समेत भएकोले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेको बताएका हुन् । विपन्न गरिबलाई सरकारको अनुभूति गराउनुका साथै निर्वाचनको बेलामा गरेको वाचा पूरा गर्नसमेत श्रमदान गरेको छु, ।

१९ माघ २०८०, शुक्रबार १५:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading