15, May, 2024

४० वर्षपछि छुट्न लागेका दुर्गाप्रसादलाई लिन परिवार कोलकातातर्फ

Bagmati Voice
संवाददाता
५ चैत्र २०७७, बिहीबार १७:४२ | ३ साल अगाडी

काठमाडौं । पक्राउ परेको ४० वर्षपछि भारतीय जेलबाट छुट्न लागेका दुर्गाप्रसाद तिम्सिना दीपक जैसी लाई लिन इलाममा रहेका परिवारका सदस्य कोलकातातर्फ गएका छन् ।

दुर्गाप्रसादलाई उनका नजिकका नातेदार प्रकाशचन्द्र तिम्सिनाको जिम्मा लगाउन बुधबार साँझ उच्च अदालत, कोलकाताले आदेश दिएको थियो । त्यसपछि प्रकाशसहितको टोली कोलकातातर्फ लागेको हो ।

प्रकाशका अनुसार उनीहरु बिहीबार बिहानै नेपालबाट हिँडेका छन् र शुक्रबार बिहान कोलकाता पुग्नेछन् । त्यहाँ रिहाइको प्रक्रिया पूरा गरेपछि उनीहरु दुर्गाप्रसादलाई लिएर इलाम आउनेछन् ।

कोलाकातास्थित नेपाली महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाका अनुसार प्रकाशचन्द्र समयमै पुगे, दुर्गाप्रसाद शुक्रबारै नेपाल फर्किनेछन् ।

अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई देखाउँदै उनलाई छाड्न आदेश दिएको थियो । दुर्गाप्रसादलाई दमदम कारागारमा राखिराखेर न्यायको कुनै औचित्य पूरा नहुने अदालतले ठहर गरेको थिए ।

१९ वर्षको हुँदा इलामस्थित घरबाट निस्किएका उनी त्यसपछि हराएका थिए । दार्जिलिङ गएका वेला उनी ज्यान मुद्दामा पक्राउ परेर विभिन्न ठाउँमा घुमाइँदा परिवार बेखबर रह्यो । उनको पक्षमा पैरवी गर्ने व्यक्ति पनि नहुँदा मुद्दा पेन्डिङमा रहीरह्यो ।

अदालतले उनलाई मानिसक स्वास्थ्य जाँच गराएर ल्याउन भनेको थियो । तर, जाँचविनै उनलाई कारागारमा राखिएको थिए ।

५ चैत्र २०७७, बिहीबार १७:४२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading