वि.सं.२०८३ असार १५ सोमवार

माधव नेपालले भने, ‘हामी विभाजनको पक्षमा छैनौं, अन्तिम दमसम्म लड्छौं’

khanepani

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।

बुधबारदेखि सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्छौं ।

पार्टी नेतृत्वले कारबाही गर्ने चेतावनी लिएकोतर्फ संकेत गर्दै नेता नेपालले स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको बताए ।

स्वयं व्यक्तिले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा मात्र पद जाने भन्दै उनले अघि भने, हटाउने हो भने हामीलाई हटाउने हो । हटाओस्, हामी तयार छौं ।

तर यो पनि त्यति सजिलो नभएको उनले बताए । आफूहरु जस्तो सुकै चुनौती सामना गर्न तयार रहेको भन्दै नेता नेपाललेबताए ‘हामी जे त्याग गर्न पनि तयार छौं ।

ranechhap