15, May, 2024

नेपाल-खनाल पक्षको भेलाले पारित गरेका यस्ता छन् प्रस्ताव

Bagmati Voice
संवाददाता
५ चैत्र २०७७, बिहीबार २०:३८ | ३ साल अगाडी

काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको भेला सकिएको छ। चैत ४ र ५ गते उक्त समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो।

भेलाले गत २८ गते ओलीले गरेको निर्णयको विरोध गर्ने निर्णय गरेको छ।

बिहीबार भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता ल्याएको निष्कर्ष निकालेको हो।

एमाले अध्यक्ष ओलीबाट पार्टी विधानविपरीत भएका काम र गुटबन्दी र राष्ट्रियहितविरूद्ध अग्रसर हुन पनि सो समूहले कार्यकर्तालाई निर्देशन दिएको छ।

पत्रकार सम्मेलनमा नेता विष्णु रिजालले भेलाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विधानविपरीतका सबै निर्णय अस्वीकार गर्ने निष्कर्ष निकालेको जानकारी दिए।

उनले विधान अनुसार अगाडि बढ्न सबै नेता र कार्यकर्तालाई अनुरोध गर्दै एमालेलाई गुट र सत्ताको धम्की नदिनसमेत भेलाले ओलीलाई आग्रह गरेको बताए।

नेपाल पक्षको राष्ट्रिय भेला एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा बुधबार सुरू भएको थियो।

भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका थिए।

५ चैत्र २०७७, बिहीबार २०:३८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading