15, May, 2024

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

Bagmati Voice
संवाददाता
४ चैत्र २०७७, बुधबार १५:५७ | ३ साल अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले भने ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।

४ चैत्र २०७७, बुधबार १५:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading