15, May, 2024

नेता कर्णले भने, ‘जसपाको नेतृत्वमा सरकार बनाउनु हुँदैन’

Bagmati Voice
संवाददाता
४ चैत्र २०७७, बुधबार १५:४९ | ३ साल अगाडी

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न नहुने बताएका छन् ।

सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता कर्णले अरुको आड लिएर जसपाले सरकार बनाउनुपर्ने अवस्था भएकाले त्यस्तो सरकार पार्टीको हितमा नहुने बताए । जसपा नेतृत्वमा सरकार गठन भए त्यो अरुको हत्केलामा हुने र मनलाग्दा जतिबेला पनि पल्टाइदिन सक्ने उनको भनाइ छ ।

जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुनसुकै बेला पल्टाइदिन्छन्, उनले भने, ‘त्यसैले सरकारलाई समर्थन गर्नु अलग हो । तर सरकाकै नेतृत्व गर्नु अहिले हुँदैन ।

नेता कर्णले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताए । संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दालाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको उनले जिकिर गरे ।

राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला आफूहरुका मागमा ओली सकारात्मक देखिएको कर्णले बताए ।

४ चैत्र २०७७, बुधबार १५:४९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading