सुर्खेत । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश संसदीय दलको बैठक बहिष्कार गरेको छ । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठक नेपाल समूहले बहिष्कार गरेको हो ।
बैठकमा सभामुखसहित संसदीय दलका २० सदस्यमध्ये केपी ओली समूहका १० सांसद उपस्थित रहेको दलका नेता कँडेलले जानकारी दिए । तर नेपाल समूहका ९ जना सांसद भने उपस्थित भएनन् ।
दलको बैठकबारे जानकारी भएपनि आफू नेपाल समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन गएको सांसद सुशील थापाले बताए ।
तर दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बुधबारको बैठकले भने संसदीय दलको बैठकमा अनुपस्थित ९ जना नेपाल समूहका सांसदलाई लिखित स्पष्टीकरण माग गरेको छ ।
बैठकमा उपस्थित नहुनुको लिखित स्पष्टीकण सोध्ने आजको बैठकले निर्णय गरेको छ, नेता कँडेलले भने, ‘त्यसका अलावा नेकपा एमालेबाट सरकारमा सहभागी तीनजना मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिने निर्णय गरेका छौ ।









































