26, Apr, 2024

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैन, गठबन्धन ५ वर्ष टिक्छः माधव नेपाल

Bagmati Voice
संवाददाता
६ चैत्र २०७९, सोमबार १५:५४ | १ साल अगाडी

काठमाडाै‌ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनुनपर्ने बताएका छन्।

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्रस्ताव राखेका छन्। उक्त प्रस्तावमाथि छलफलका क्रममा अध्यक्ष नेपालले अब प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने बताए।

संसदमा बोल्ने क्रममा छोटो समयमा प्रधानमन्त्रीले विश्वासको मत लिइरहेको सन्दर्भ उठेको थियो। वैशाखमा फेरि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अभिव्यक्ति आएपछि अध्यक्ष नेपालले त्यस्तो नहुने, गठबन्धन ५ वर्षसम्म टिक्ने बताए।

प्रधानमन्त्री प्रचण्डले गत पुस २६ गते पनि प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। त्यसबेला सरकारमा रहेका एमाले र राप्रपाले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज पुन: विश्वासको मत लिन लागेका हुन्।

Share

६ चैत्र २०७९, सोमबार १५:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading