05, May, 2024

प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ बैशाख २०८१, बिहीबार १६:१० | १ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ कर्णाली प्रदेश सभाको बैठक सुरू भएको छ। बिहीबार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको दशौं बैठक बसेको छ।

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिँदैछन्।

चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कँडेलले यसअघि मन्त्रालय भागबण्डाको विषयमा सत्ता साझेदार दलबीच सहमति नहुँदा विश्वासको मत लिएका थिएनन्। कँडेल नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलका नेता हुन्।

सत्तारूढ दलहरू एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एस) का २४ जना सांसद छन्। एमालेबाट एक जना सभामुख छन्।

कर्णाली प्रदेश सभामा बहुमत पुर्‍याउन २१ मत चाहिन्छ।

१३ बैशाख २०८१, बिहीबार १६:१० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading