27, Apr, 2024

अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ११ जना बेपत्ता

Bagmati Voice
संवाददाता
१ आश्विन २०७९, शनिबार १५:५९ | १ साल अगाडी

कैलाली । अछामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २२ जनाको मृत्यु भएको हो । सबैको सनाखतसमेत भएको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए ।

प्रहरीका अनुसार पहिरोमा ज्यान गुमाउनेहरुमा ढकारी गाउँपालिका ६ बस्ने २ वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ वर्षिया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ बर्षिय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, कमलबजार नगरपालिका ६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ बर्षिय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गिता कामी, १२ वर्षीय सिरु कामको ज्यान गएको छ । उनीहरु एकै घरका हुन् ।

यस्तै, कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने एकैघरका २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी डाँगीले जानकारी दिए ।

यसैगरी, घाइते हुनेमा ढकारी गाउँपालिका ६ बस्ने ६२ वर्षीय हर्क वुढा, २१ वर्षीय चन्द्र देवी बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय ईन्द्र सिह कामी, १२ वर्षीय कल्पना कामी, १२ वर्षीय ममता कामी, १० वर्षीय शुसिल कामी, २ वर्षीय सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र कमलबजार नगरपालिका ६ बस्ने ६५ वर्षीय खटी दमाई रहेको उनले जानकारी दिए ।

पहिरोमा परी ११ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । अछाममा शुक्रबार रातिको अविरल बर्षाका कारण ठुलो जनधनको क्षति भएको छ ।

१ आश्विन २०७९, शनिबार १५:५९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading