वि.सं.२०८३ वैशाख २० आइतवार

कृष्ण सिटौलाले भने, ‘ओलीसँग सहकार्य गरेर कांग्रेस सरकारमा जाँदैन’

khanepani

सप्तरी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओलीसँग सहकार्य गरेर आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । उनले अब ओलीसँग देशलाई राजनीतिक नेतृत्व गर्ने हैसियत नरहेको जिकिर गरे ।

प्रेस यूनियन शाखा सप्तरीले मंगलबार सदरमुकाम राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकारमा जाने बताए । यसका निम्ति तयारी भइरहेको छ’ उनले भने ।

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबाट सरकार बनाउने विषयमा केही कुरा स्पष्ट भएर भएर आउने भन्दै सिटौलाले ओलीसँग सरकार बनाउने विषयमा कुनै सहकार्य नहुने बताए ।

कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा बन्ने सरकारले देशलाई निकास दिन्छ,’ उनले भने, ‘सम्भवतः चैत महिनाभित्रै अर्को सरकारको निर्माण हुन्छ ।

प्रतिनिधि सभा विघटन गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेमा ओली अहिले पनि कुर्सीमा बसिरहेको उनले बताए ।

प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा उहाँले राजीनामा दिनुहुन्छ भन्ने मनसाय पनि देखिदैन, पूर्व गृहमन्त्रीसमेत रहेका सिटौलाले भने, ‘अब माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्यात्मक स्थिति आउँछ । यो भएन भने राजीनामा दिनुपर्छ ।

ओलीले राजीनामा दिएपछि बहुमतको आधारमा कांग्रेस, माओवादी र जसपा मिलेर सरकार बनाउने र यसका निम्ति छलफल चलिरहेको उनले बताए । लोकतन्त्र र संवैधानिक व्यवस्था बचाउन आवश्यक परेमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी सभापतिलाई भनिसकेको नेता सिटौलाले बताए ।

नेता सिटौलाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताए ।‘आगामी भदौ महिनामा निर्धारण भएको महाधिवेशन कुनै पनि बहानामा सार्नु भएन, उनले बताए ‘यो पार्टीको बटमलाइन हो । योभन्दा पछाडि कसैलाई जानु हुँदैन ।

महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा सिटौलाले तयारी भइरहेको र समय आएपछि सार्वजनिक गर्ने बताए ।

ranechhap