वि.सं.२०८३ वैशाख २० आइतवार

केयुकेएल महाराजगंज शाखामा कर्मचारीवीच कुटाकुट, सिईओ शाक्य ब्याकमेलको चक्करमा

khanepani

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) महांराजगञ्ज शाखामा कमिशनको विषयमा कुटाकुट भएको समाचार प्राप्त भएको छ ।
यस शाखामा विगत लामो समयदेखि एक लौटि हालिमुहाली गर्ने र विभिन्न चरणमा सरुवा भएर आएका र खुल्लामा नाम निकालेर आएका कर्मचारीहरु वीच द्धन्द्ध हुर्दै आएको छ । यहि द्धन्द्ध आइतवार बेलुका पख विस्फोट भएको हो ।

आफुलाई पसुबत व्यवहार भएको भन्दै एक कर्मचारीले कार्यायलका केहि सामान क्षेति गरेका छन । उनले कार्यालय प्रमुख रमेश केसीमाथि केहि सिन्डीकेटवालाहरुको उक्साहटमा लगेर आफुमाथि अन्याय गर्दे आएको आरोप सममेत लगाए ।

निवास गुरागाई, स्टोर किपर गोपी सापकोटा र राजेश सुवेदीको कुरा सुनेर के.सी.ले आफु माथि अमानविय व्यवहार भएको रञ्जित वोहोराले बताएका छन । आफ्नो विगत लामो र्धैयता एक एक भंग हुन गएका कारण यस्तो घटना हुन पुगेकको बोहोराले बताएका हुन ।

महाराजगंज शाखामा गुरागाई आठ वर्षदेखि कार्यारत छन भने गोपी करीव ३० वर्षदेखि यहि शाखामा स्टोर किपर छन । दिलकुमार तण्डुकर पनि यस शाखामा लामो समयसम्म यहि शाखामा बस्ने कर्मचारी हुन । केयूकेएलमा सिईओ मिलनकुमार शाक्य आएपछि उनले अख्तियारबाट आएका पत्रहरुलाई समेत आफै राखेर उजुरी परेका कर्मचारीहरुसँग व्याल्यकमेलिङ गर्ने गरेको थाहा भएको छ ।

केन्द्रिय कार्यालयले राखेको सुकुटे रिफ्रेस्मेट कार्यक्रममा पनि सिईओ शाक्यलाई एक्ल्याउने काम भएको थियो । उनलाई केहि कर्मचाारीहरुले र्दुव्यवहार गर्ने प्रयास समेत भएका थिए तर, केहि कर्मचारीहरुले रोकेका कारण उनी सामुहिक अपमानबाट बचेका थिए ।

सिईओ शाक्यकै कारण सुन्दरीजलमा कर्मचारीहरुको व्यवस्थापनमा समेत ढिलासुस्ती हुर्दै आएको छ । उनमा कार्यक्षमताको ज्यार्दै अभाव देखिएको छ । उनले शाखा प्रमुखहरुलाई समेत पैसा मागेर हैरान बनाएकै कारण महाराजगंज शाखामा कुटाकुटको अवस्था आएको मुख्य कार्यालय स्रोतले दावी गरेको छ । कर्मचारीहरुलाई चेपुवामा पारेर आफ्नो आर्थिक अभिष्टपुरा गर्ने कार्यमा मात्र सिईओ शाक्य लागेको आरोप पनि पुष्टि भईसकेको छ । आफुले नै सरुवाको सिफारीस गर्ने आफै सरुवा रोक्ने हिड्ने निम्नस्तरका क्रियाकलाप सिईओवाट हुनुले पनि उनीमा लागेका आरोपको पुष्टि भएको हो ।
महाराजगंज शाखाबाट लामो समय जरागाडेर बसेका कर्मचारी तत्काल नचलाउने हो भने त्यहाँ ठुलै अपराधिक घटना नघट्लान भन्न सकिन्न ।

ranechhap