काठमाडौँ । वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको प्रथम राष्ट्रिय भेलाले राजेश्वरी सुवेदीको संयोजकत्वमा ४१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । चितवनमा शनिबार अबेर सम्पन्न दुई दिने भेलाले सहसंयोजकमा करन क्षेत्री र सचिवमा टेकेन्द्र साउदलाई चयन गरेको छ ।
‘निजी शिक्षाको अन्त्य र समाजवादी शिक्षाका लागि नयाँ विद्यार्थी आन्दोलन’ नारासाथ सम्पन्न भेलाले प्रदेश संयोजकको जिम्मेवारी समेत तोकेको छ । संयोजक राजेश्वरी सुवेदीका अनुसार, प्रदेश १ मा पारु विक, प्रदेश २ मा निराजन शाह, बागमती प्रदेशमा कृष्ण काफ्ले, गण्डकी प्रदेशमा ओमप्रकाश श्रीपाली, लुम्बिनी प्रदेशमा उर्मिला भण्डारी, कर्णाली प्रदेशमा डेविट आर्य र सुदूरपश्चिम प्रदेशमा द्रोण अवस्थीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
यस्तै, भेलाले छ वटा विभागको समेत गठनसहित संयोजक तोकेको छ । भेलाले प्रतिवेदन÷विधान लेखन समितिको संयोजकमा राजेश्वरी सुवेदीलाई जिम्मेवारी दिएको छ । समितिको सदस्यमा करन क्षेत्री र टेकेन्द्र साउद हुनुहुन्छ । यस्तै, छात्रा विभाग संयोजकमा यशु सापकोटा, विज्ञान तथा प्रविधि विभाग संयोजकमा रमेश थारु, अपाङ्गता विभाग संयोजक सन्दिप थापा, प्रकाशन विभाग संयोजक रोमन सिहं बोहोरा, आर्थिक विभाग संयोजकमा कृष्ण काफ्ले चयन गरेका छन ।
भेलाले शैक्षिक क्षेत्रलाई सामुदायिकरण गर्दै समुदायको पहुँचमा रहने शैक्षिक निति निर्माणमा संगठन अघि बढ्ने निर्णय गरेको छ । निजी शिक्षा भित्रको लुटतन्त्रको अन्त्य गर्दै जनताको पक्षमा हुने निःशुल्क र विज्ञान प्रविधिमा आधारित समाजवादी शिक्षाको आधार निर्माण गर्ने संगठनको मुख्य उद्देश्य र अभियान रहने जनाइएको छ । केन्द्रीय संयोजक सुवेदीले शिक्षाको माफियाकरण र सार्वजनिक शिक्षामा देखिएको बेथिती, लापरवाहीको विकल्पमा सामुदायिक शिक्षालाई अगाडि बढाइने बताए ।
Share this:








































