वि.सं.२०८३ वैशाख २० आइतवार

साउदीमा विदेशी कामदारले करार सकिएपछि अनुमतिविना रोजगारदाता फेर्न र देश छोड्न पाउने

khanepani

काठमाडौं । साउदी अरेबियाले आइतबारबाट पनि ‘श्रम सम्बन्धी सुधार पहल’ कार्यक्रमको कार्यान्वयन थालेको छ । आइतबारबाट साउदीमा विदेशी श्रमिकका लागि लगाउँदै आएको विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु हट्न सुरु भएको छ ।

साउदी सरकारले अब करार अवधि सकिएपछि रोजगारदाता परिवर्तन तथा रोजगारदाताको अनुमति विना नै देश छोड्ने भिसा एक्जिट भिसा अनुमति दिने बताएको छ ।

श्रमिकलाई आकषिर्त गर्न भन्दै करार अवधि सकिएपछि रोजगारदाता फेर्न पाउने र रोजगारदाताले अनुमति नदिए पनि साउदीबाट स्वदेश फर्किन पाउने व्यवस्था गरिएको हो । आफ्ना कामदारलाई तलब नदिने वा आवासको व्यवस्था नगर्ने कम्पनीले ठूलो सजायको सामना गर्नुपर्ने त्यहाँको श्रम मन्त्रालयले जनाएको छ ।

अहिले यी व्यवस्था नगरिँदा त्यहाँ लाखौं विदेशी श्रमिक बाध्य भएर सुरुमै श्रम गर्न पुगेका कम्पनी तथा रोजगारदाताकोमा वर्षौंसम्म काम गर्न विवश छन् । करार अवधि सकिएपछि पनि अहिले हजारौं श्रमिकलाई रोजगारदाताले स्वदेश फर्किन अनुमति नदिँदा त्यहाँ ‘बन्धक’ सरह बस्न बाध्य हुनुपरेको छ ।

रोजगारदाताविरुद्ध उजुरी लिएर उनीहरु नेपाली दूतावासमा पनि आउने गरेका छन् । दूतावासमा दैनिक दर्जनभन्दा बढी उजुरी रोजगारदाताले करार अवधि सकिएपछि पनि घर फर्किन नदिएको भन्दै पर्ने गरेको छ ।

अब साउदी सरकारले रोजगारदाताले अनुमति नदिए पनि करार अवधि सकाएर फर्किन दिने नीति ल्याएको छ । त्यसलाई पारदर्शी गर्न श्रम करारलाई डिजिटाइज्ड गर्ने घोषणा पनि गरेको छ ।

नयाँ घोषणा अनुसार श्रमिकले आफूलाई अप्ठेरोमा परेमा पहिलो करार अवधि सकाएर नयाँ रोजगारदाताकोमा काम पनि गर्न पान पाउनेछन् ।

यदि स्वदेश फर्किन चाहेमा पनि सजिलै पाउने र फेरि साउदीमा नयाँ कामका लागि जान पाउने गरी नियम बनाइने साउदी सरकारले बताएको छ । साउदीको बाध्यकारी व्यवस्थाविरुद्ध लामो समयदेखि अधिकारवादीहरुले प्रश्न उठाउँदै आएका थिए ।

घोषणा अनुसारको व्यवस्था भए साउदीमा गएर काम गरिरहेका लाखौं विदेशी श्रमिकले यसको लाभ उठाउन पाउने छन् ।

साउदीले सन् २०२० भित्रै कफालामा सुधार गर्ने घोषणा गरेको थियो । तर, उसले महामारीको कारण देखाएर नयाँ समयतालिका तय गरेको थिP ।

यसअघि कतारले पनि यस किसिमको आधुनिक दासताको स्वरुपमा रहेका व्यवस्थाहरु हटाएको थिए। त्यसैले अब विस्तारै खाडी मुलुकबाट श्रमिकमाथि चरम अन्याय हुने गरी राखिएका व्यवस्थाहरु हट्दै जाने विश्वास गरिएको वैदेशिक रोजगार विज्ञहरु बताउँछन् । तर, त्यसका लागि समय भने लाग्ने उनीहरुको भनाइ छ ।

ranechhap