वि.सं.२०८३ वैशाख २० आइतवार

प्रदेश १ सभा बैठक अनिश्‍चितकालीन स्थगित

khanepani

विराटनगर । प्रदेश १ को सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

भोली सोमबार साढे १२ बजेका लागि तय गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिव गोपालप्रसाद पराजुलीले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जनाएका छन् । यसअघि फागुन २० गते डाकिएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरेर भोलिका लागि सारिएको थिए ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबुल भइसकेको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसलापछि अविश्वासको प्रस्ताव के हुने भन्ने चासो र चर्चाको थप विषय बनेको छ ।

ranechhap