वि.सं.२०८३ वैशाख २० आइतवार

प्रचण्डको दाबी, ममाथि घेराबन्दी भइरहेको छ अझै अस्वाभाविक घटना हुन्छन्

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको परिवर्तन उल्ट्याउन आफूमाथि घेराबन्दी भइरहेको दाबी गरेका छन् ।
शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको सम्मेलनलाई उद्घाटन गर्दै प्रचण्डले १२ बुँदेको हस्ताक्षरकर्तामध्ये एक आफूमात्रै जिवित रहेकोले त्यस्तो हमला भइरहेको बताए ।

गिरिजाप्रसाद कोइराला १२ बुँदे सहमतिको प्रमुख हस्ताक्षरकर्ता हुनुहुन्थ्यो, उहाँ अहिले हुनुहुन्न, प्रचण्डले भने, ‘म जिवितै छु, । यो परिवर्तन उल्ट्याउन ममाथि घेराबन्दी भइरहेको छ । मैले यो महसुस गरिरहेको छु। त्यस्तो षड्यन्त्र देशभित्र र बाहिरका शक्तिबाट भइरहेको समेत उनको दाबी छ।

संघीयता, गणतन्त्रजस्ता उपलब्धीलाई उल्ट्याउने कोसिस भएको भन्दै उनले त्यसलाई रोक्न ‘रंगिन क्रान्ति’ गर्न आवश्यक पर्नसक्ने समेत बताए । ‘यो परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने निकै ठूलो षडयन्त्र भइरहको छ, प्रचण्डको भनाइ छ, ‘हामीले लडेर स्थापित गरेका मान्यता र प्रणालीलाई कसैले पनि कुल्चिन नपाओस् । उपलब्धीलाई सिध्याउने कोसिस भयो भने क्रान्ति त गर्नै पर्छ। शान्तिपूर्ण क्रान्ति । रंगिन क्रान्ति । सडकबाट नै शान्तिपूर्ण ढंगले क्रान्ति सम्पन्न गर्ने हो ।

देशमा अस्वभाविक घटना हुन थालेको भन्दै प्रचण्डले बताए जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लैजाने जस्तो अनौठो घटना जस्तो हुन थालेको छ । हुनै नसक्ने घटना हुन थालेको छ । हेर्दै जाउँ अझै के कस्ता अस्वभाविक घटना घट्ने हो । म अहिले धेरै भन्दिनँ ।

ranechhap