वि.सं.२०८३ असार १४ आइतवार

बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्रीको छलफल

khanepani

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् ।

नेकपा एमालेको नवौ महाधिवेशन र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अनौपचारिक छलफल गर्न बोलाएको स्रोतले जनाएको छ ।

एमालेको २०५ सदस्यीय केन्द्रीय कमिटीका निधन भएका र रिक्त रहेका बाहेक सदस्यहरूमध्ये १०५ जना सदस्य ओली पक्षमा छन् । यसबीचमा माधव नेपाल पक्षले केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेको थियो ।

ओलीले यसअघि माओवादी केन्द्रबाट सरकारका प्रतिनिधित्व गर्ने नेताहरुसँग छलफल गरेका थिए । आन्तरिक छलफलपछि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक चैत १ गते बोलाइएको छ ।

ranechhap