29, Apr, 2024

सुदूरपश्चिम एमाले अधिवेशन : यी पाँच पदाधिकारी सर्वसम्मत बनाउन नेताहरू करिब सहमत

Bagmati Voice
संवाददाता
२४ आश्विन २०८०, बुधबार ०९:१८ | ६ महिना अगाडी

कैलाली । नेकपा एमाले सुदूर पश्चिम प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना देखिएको छ ।

केन्द्रीय नेताहरू सङ्गको परामर्शमा सर्वसम्मत नेतृत्व चयनका लागी खाका तयार गरिएको छ । हिजो अबेर सम्म सोही खाकामा सहमति गर्ने सहमति भएको एक नेताले बताए ।

अध्यक्षमा अछामका कृष्ण प्रसाद जैशी, उपाध्यक्षमा बाजुरा कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कैलालीका नेपालु चौधरी र कञ्चनपुरकी कलशा महरालाई सर्वसम्मत बनाउने तयारी छ ।

यी नामहरू एमालेले केपी शर्मा ओलीको सुझावमा तय गरिएको एमाले स्रोतको भनाइ छ ।

‘अध्यक्ष सङ्गकै परामर्शमा सहमतिको लागि नामहरू तयार भएका हुन्’ एक नेताले भने, ‘अब चुनाव हुने सम्भावना करिब टरेको छ ।’

सर्वसम्मतको लागि ल्याइएको नामहरू विरुद्ध निर्वाचनमा जाने तयारी गरे ती पदहरूमा निर्वाचन हुन सक्ने सम्भावना पनि रहेको छ।

अध्यक्षमा चार जना उम्मेदवार छन् । जैशीलाई अध्यक्ष बनाउँदा अर्का उम्मेदवार कमल तिमिल्सिनालाई केन्द्रीय सदस्य बनाउने पनि करिब टुङ्गो लागिसकेको छ । ती बाहेकका उम्मेदवार वचन बहादुर सिंह र भरत साउदलाई पनि पार्टी कमिटीले व्यवस्थापन गर्ने आश्वासन दिएको छ ।

तर अध्यक्षका उम्मेदवार सिंहले आफूहरू निर्वाचन प्रक्रिया बाट फिर्ता नहुने बताएका छन् । साउदले भने सहमतिको खाका ल्याएपछि छलफल अगाडी बढ्ने बताए ।

२४ आश्विन २०८०, बुधबार ०९:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading