वि.सं.२०८१ माघ २८ सोमवार

बागमती प्रदेशमा विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत

हेटौंडा । बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र बाढी पहिरोसहित विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

वागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

Untitled