22, Sep, 2023

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार?

बागमती भ्वाइस न्युजडेस्क
३१ भाद्र २०८०, आईतवार १२:१६ | ४ दिन अगाडी

काठमाडौ । काठमाडौ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज (आइतबार) देखि सुरू भएको छ।

स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसामा कारोबार खुला भएको हो।

सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको ‘आरएनएलआई’ संकेतमा सेयर कारोबार खुला भएको हो।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको कुल ४ करोड कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीले सर्वसाधारणलाई निष्कासनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता सहित उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत गराएको हो।

कम्पनीले पहिलो कारोबारको लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसाको मूल्य रेञ्ज पाएको थियो।

सोही रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार खुला भएको हो।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।

यस अवधिसम्म कम्पनीको सेयर ३.७८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५०५ रुपैयाँ पुगेको छ।

३१ भाद्र २०८०, आईतवार १२:१६ मा प्रकाशित