13, Nov, 2024

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

Bagmati Voice
संवाददाता
३१ भाद्र २०८०, आईतवार ११:४६ | १ साल अगाडी

एजेन्सी । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसा बढेको हो।

यस्तै, युरोपियन युरो भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आज युरो एकको खरिदमा आज १४१ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३१ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ६४ पैसा घटेको हो।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रूपैयाँ १२ पैसा र बिक्रीदर १६५ रूपैयाँ ८७ पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ ७० पैसा र बिक्रीमा ८६ रुपैयाँ ०८ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ३० पैसा र बिक्रीमा ९८ रुपैयाँ ७५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ३५ पैसा र बिक्रीमा २८ रुपैयाँ ४८ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८५ पैसा तोकिएको छ।

३१ भाद्र २०८०, आईतवार ११:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading