वि.सं.२०८२ चैत २९ आइतवार

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने

khanepani

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने बताएका छन्।

असार २३ गते पर्ने जन्मदिन विषम स्थितिलाई दृष्टिगत गर्दै नमनाउने निर्णयमा पुगेको शाहको सचिवालयले जनाएको छ। उनी ७४ वर्षका भए।

‘राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेको छु,’ शाहको भनाइ उद्धृत गर्दै सचिवालयले बुधबार निकालेको सन्देशमा भनिएको छ।

पूर्वराजा शाहले राष्ट्रियता नै मुल मन्त्र रहेको र एकता नै शक्ति भएको बताएका छन्। उनले देशभक्ति, स्वाधिन स्थिति एव् स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ? भन्ने प्रश्न पनि गरेका छन्।

‘जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्याका सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ?,’ पूर्वराजा शाहको प्रश्न छ।

ranechhap