वि.सं.२०८१ फागुन १ बिहीवार

नेकपाकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ ।

अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधायन समितिले राष्ट्रिय सभामा प्रतिवेदन पेश गरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकमा विधेयकको विरोध गरेका थिए ।

प्रतिवेदनमा आएजसरी नै विधेयक पास गरे दुरुगामी असर पर्नेभन्दै नेताहरूले विरोध गरेपछि यसलाई थाँती राख्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

Untitled