28, Apr, 2024

माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

Bagmati Voice
संवाददाता
२३ फाल्गुन २०७७, आईतवार १२:३२ | ३ साल अगाडी

विराटनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका ८ र ७ को सिमानास्थित मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ
मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा विहान मृत्यु भएको थिए । यस्तै दुर्घटनामा परी अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र विपरीत दिशा आइरहेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकल एक्कासि हायसको अगाडिको भागमा ठोकिएर मध्याली पुलनजिक ठोकिन पुगेको थियो ।

मोटरसाइकल ठोक्किएपछि अनियन्त्रित बनेको हायसले सवार रहेका दुई जनासहित मोटरसाइकललाई घिसारेर दुई सय मिटर पर सडकको दक्षिणतर्फ सुन्दरहरैँचा–७ स्थित खेतमा पुर्याएको जानकारी एसपी शर्माले दिए ।

दुर्घटनापछि मोटसाइकलमा आगलागी हुन पुगेको थियो ।जसका कारण मोटसाइकल आगलागीमा परेर पूर्ण रुपमा जलेको छ ।

दुर्घटनामा हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन्।

गम्भीर अवस्थाका दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२३ फाल्गुन २०७७, आईतवार १२:३२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading