वि.सं.२०८३ वैशाख १९ शनिवार

सिईओ शाक्यले गरेनन बोर्डको निर्णय कार्यन्वयन, वल्र्डलिंकले डुवायो केयूकेएल

khanepani

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का कार्यकारी प्रमुख (सिईओ) मिलनकुमार शाक्यको अर्कमणयताको शिकार हुर्दै आएको छ । सिईओ शाक्यले हरेक कामको हिस्सा खोज्न थालेपछि केयूकेएल लथालिङ र भताभुङको अवस्थामा पुगेको छ ।

केयूकेएलको सर्भरमा समस्या आएपछि फाल्गुण महिनाको महशुल समेत उठ्न छोडेको छ । केयूकेएल महांकालचौर शाखा, महाराजगंज शाखा, लाउलाखेल शाखा, त्रिपुरेश्वर शाखा, बानेश्वर शाखा, कृर्तिपुर शाखा, ठिमि शाखा र भक्तपुर शाखामा सर्भरले काम गर्न छोडेले ग्राहकहरुसंग उठाउनु पर्ने महशुल उठ्न छोडेको केयुकेएल मुख्य कार्यालयका विभागीय प्रमुख विजय तिमिल्सीनाले कुराकानीको क्रममा बताएका छन ।

एशियाली विकास बैकको लगानीमा करिव ९ करोड लागतमा वल्डलिंकले ठेक्का हात लगाएको थियो । वल्डलिंकले ओम्नी समुहलाई केयूकेएलको सर्भर निर्माण गर्ने काम भारी रकम कमिशन खाएर बेचेको थियो । केयूकेएलको सर्भर कमजोर उपकरणद्धारा निर्माण गरिएका कारण पहिलेदेखि नै पटक पटक समस्या हुर्दै आएको थियो । केयुकेएलको मुख्य सर्भर भारतमा रहेका कारण समस्या आएको समाचार स्रोतले बताएको छ ।

वल्र्डलिंकले ठेक्का सम्झौता गरेका कारण उसैको जिम्मेवारी हुन पर्नेमा वल्र्डलिंकले मोटो रकम कमिशन खाएर यो काम तेस्रोपाटी ओम्नी ग्रुपलाई दिएको थियो । ओम्नी र भारतीय एजेण्डसँगको आर्थिक गडबढीका कारण केयूकेएलको महशुलको विद्युतिय डाटा नै हराउने सम्भावना बढेर गएको केयूकेएल स्रोतले बताएको छ । यसमा सिईओ शाक्यले ओम्नीसँग समेत मोटो रकम डिमान गरेपछि झन समस्या आएको छ । शाक्यले वल्र्डलिंकलाई ताकेता र कारवाहि गर्नुको सट्टा कमिशनमै लोभ गरेपछि यस्तो समस्या आएको हो ।

खानेपानी मन्त्री मणी थापा केयुकेएलका शाखा कार्यालयहरु निरिक्षणमा गएपनि सर्भरको विषयमा उनी पनि विज्ञ छन वा छैन त्यो मन्त्री र शाक्यलाई थाहा हुनु पर्ने केयूकेएल स्रोतले बताएको छ ।
सिईओ शाक्यले केयूकेएल वोर्डबाट निर्णय भएको एजेण्डाहरुलाई समेत कार्यन्वयन गर्न आलटाल गरिरहेको समाचार स्रोतले दावी गरेको छ । केयूकेएलका पाँचबटै यूनियनहरुले शाक्यलाई केयूकेएलको जिम्मेवारीबाट मुक्त गर्न शक्तिकेन्दहरुमा दैनिक डेलिकेशन जाने गरेको समाचार स्रोतले दावी गरेको छ ।
पाइप लाइन सार्ने करिव ३० लाखको आर्थिक करोवारीमा कार्यालय प्रमुख मरठ्ठा र बास्कोटा

ranechhap