वि.सं.२०८३ वैशाख १७ बिहीवार

पाइप लाइन सार्ने करिव ३० लाखको आर्थिक करोवारीमा कार्यालय प्रमुख मरठ्ठा र बास्कोटा

khanepani

काठमाडौं । राजधानी बासीहरुलाई पिउने पानीको वितरण गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) महाँकालचौर शाखामा अनियमितता र भ्रष्टाचार व्यापक हुर्दै आएको छ ।

यस शाखाका प्रमुख उमेश मरठ्ठा अनियमितता र भ्रष्टाचारको शिरोमणीकै उपाधि पाउने लाइनमा अनवरत संर्घष गरिरहेका छन । यस शाखाको अनियमितता र भ्रष्टाचारको बारेमा बाग्मती भ्वाइसले लामो समय देखि आवाज उठाउदै आएको छ । तर यस शाखाका प्रमुख र उनका मतियारहरु एक पछि अर्को अनियमित र भ्रष्टाचार जन्य अपराध गर्दै आएका प्रमाणहरु हामिलाई प्राप्त भइरहेका छन ।

यो शाखाको भ्रष्टाचार जन्य अपराधमा केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत संलग्न भएका प्रमाणहरु समेत प्राप्त हुनु र यस विषयमा उनी मौन रहनु नै प्रमाण हो भन्दा अन्य अर्थ लाग्ने छैन । सिइओ शाक्य यस्ता अपराध ढाकछोप गर्दै मन्त्रालय र शक्ति केन्द्र धाउनुले पनि उनी भ्रष्टाचारीका मतियार हुन भन्ने प्रष्ट हुन्छ ।

उनी सिईओ नियुक्ति गर्दा वखतको लगानी उठाउन केयूकेएलका केहि शाखा प्रमुखहरुलाई असनको साँडे जसरी छाडा छोडेर सस्थामाथि अपरााध गरिरहेका छन ।
महाँकालचौर शाखाका प्रमुख उमेश मरठ्ठा समुहले पछिल्लो समयमा गरेका अनियमित कामले केयूकेएल मात्र हैन खानेपानी मन्त्रालयमा समेत चर्चा पाएको मन्त्रालय स्रोतले बताएको छ ।

यस शाखाले विगत लामो समयदेखि उपभोक्ताहरुलाई ठगि गर्दै आएको गुनासाहरु नभएका होइनन । तर, पछिल्लो पटक केयूकेएल, उपभोक्ता र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डलाई समेत गुम्राहामा पारेर लाखौ रुपयाँ अनियमिता गरेको सूचना छरप्रष्ट भएका छन ।

जग्गा कारोवारीहरुलाई फाइदा पु¥याउने हिसावले बौद्धको फुलवारी इलाकामा २० र १६ इन्चीको ९० को टं¥याङगल(व्याम)मा खानेपानीको पाइप सारेर संस्थालाई लाखौ रुपयाँको नोक्सानी पु¥याएका छन । यो पाइप लाईन एकै व्यक्तिको जग्गा भित्र रहेको समाचार स्रोतले बताएको छ । उनीहरुले कागजपत्रमा धेरै उपभोक्ता खडा गरेको समेत खुल्न आएको छ । यो पाइप लाईन ७५ मिटर लामो रहेको यहि समुहका प्राविधिक सहायक कर्मचारी प्रवल बास्कोटाले कुराकानीका क्रममा बताएका हुन ।

बौद्धका लामा कार्कीको यो जग्गा २१ आना क्षेत्रफलमा रहेको पनि बास्कोटाले बताएका छन । लामासँग करिव ३० लाखको आर्थिक करोवारी भएको र सो कारोवारमा कार्यालय प्रमुख मरठ्ठा र बास्कोटाको मिलेमतो रहेको समाचार स्रोतले दावी गरेको छ ।

काठमाडौं महानगरपालिका वार्ड नंवर ६ का वडा कार्यालयका कर्मचारीहरुले पनि करिव २० लाख खाएर केयूकेएललाई पाइप सारिदिन सिफारीस गरेको खुल्न आएको छ ।

सिआईपीको कार्यक्रममा राखेर १० लाख ५० हजारको कार्यक्रम स्विकृत गरेर पुरै बैधानीक किसिमले काम सम्पन्न गर्न नक्कली कागज पत्र तयार पारेको पनि समाचार स्रोतले दावी गरेको छ ।

यस कामको लागि जग्गाधनीले खन्ने पुर्ने काम गर्ने र केयूकेएल शाखाले अन्य काम गर्ने सहमति बमोजिम आर्थिक कारोवार भएको हुनुपर्ने केयूकेएल महाकालचौर शाखाका लेखा प्रमुख राजु कोइरालाले बताएका हुन ।

सामान्य जनताको काममा बर्षौ लगाउने केयूकेएल के स्वार्थका लागि जग्गा कारोवारीको काममा यति हतारीएको होला भन्ने चर्चा केयूकेएल मुख्य कार्यालयका माथिल्लो तहका कर्मचारीहरुवीच खानेखुसी चल्ने गरेको बुझिन आएको छ ।

यो काम पुरै अबैध हो । यस्तो काम गर्नु अपराध हो भन्ने कर्मचारीहरु पनि महांकाल चौर शाखामा धेरै देखिएका छन ।
यो कामको अस्तु केहि कर्मचारीहरुलाई आज दिन्छु भोलि दिन्छु भन्र्दै झुलाउने काम समेत भएको गुनासाहरु पनि चिया पसल आसपासमा सुन्न सकिन्छ ।
यस्ता अपराध जन्य कामामा इन्जिनियर हेम बुढाथोकि, प्रविन भु्रतेल, राजु कोइराला लगायत अन्य कर्मचारीहरु पनि रहेको केयूकेएल मुख्य कार्यालय स्रोतले दावी गरेको छ । यस्तै खालका अन्य अनियमित कामहरुको श्रृखलाहरुको प्रमाण संकलन हुर्दै छन । प्रमाण प्राप्त भएपछि प्रकाशित हुने नै छन ।
यस पाइपलाईन वापत प्रत्यक्ष सरोकार नभएका कर्मचारीहरुले समेत १५ देखि २५ हजारका दरले पैसा पाएको समाचार स्रोतले दावी गरेको छ। बास्कोटा केहि समय पहिले बुढानिलकण्ठको यस्तै काण्डमा पनि मुछिएका कर्मचारी हुन । उनको यो अपराध पहिलो भने होइन । पहिलेको काण्डमा केयूकेएलले आन्तरीक रुपमा छानविन समिति गठनै गरेर छानविन गरेको थियो । त्यो समितिले अब यस्तो गल्ती गर्ने सर्तमा कारवाहिको किनारा लगाएको समाचार स्रोतको दावी छ ।
यस क्षेत्रका जनताहरुले केयुकेएलको महाँकालचौर शाखामा घेरा हालेर नारावाजी समेत गरेका थिए ।

ranechhap