29, Apr, 2024

कोशी : विपक्षी गठबन्धनमा रहेको जसपाकी सांसद निर्मला लिम्बू सदनमा अनुपस्थित

Bagmati Voice
संवाददाता
१५ असार २०८०, शुक्रबार १२:३२ | १0 महिना अगाडी

विराटनगर । कोशी प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मतसम्बन्धी प्रस्तावमा उठेकोव विषयमा जवाफ दिइरहेका छन् ।

मुख्यमन्त्रीले जवाफ दिइसकेपछि मतदान हुने कार्यसूची छ ।

९२ सदस्य रहेको प्रदेशसभामा विपक्षी गठबन्धनमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने उपस्थित छैनन् । गत पुस २५ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरी लिम्बू स्वास्थ्यमन्त्री बनेकी थिइन् । अहिले जसपाले तटस्थ बस्ने निर्णय गरेको छ । हिजोको बैठकमा भने उनी सहभागी थिइन् । लिम्बू विराटनगरभन्दा बाहिर रहेको बताइएको छ ।

प्रदेशसभामा बहुमतका लागि ४७ सीट आवश्यक पर्छ । एमाले र राप्रपासँग ४६ सांसद छन् । गठबन्धनमा रहेका दलसँग सभामुखबाहेक ४६ सांसद छन् । तर, जसपाले तटस्थ बस्ने निर्णय गरेका कारण गठबन्धको एक सीट अझै घट्छ । यो अवस्थामा कार्कीले बहुमत पाउने सम्भावना पनि क्षीण छ ।

हिजै विश्वासको मत लिने कार्यसूची भएपनि विपक्षी दलका नेताले अर्थमन्त्रालयलगायतका विविध विषयमा कुरा उठाएपछि तयारी गरेर शुक्रबार विश्वासको मत लिने एमालेले माग गरेपछि आज बिहान ११ बजे पुन: बस्ने गरी बैठक स्थगित गरिएको थियो ।

१५ असार २०८०, शुक्रबार १२:३२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading