वि.सं.२०८३ वैशाख २० आइतवार

योगेश भट्टराई भने, ‘ताप्लेजुङका आगलागी पीडितलाई सक्दो सहयोग गर्छु’

khanepani

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराईले मेरिङदेन गाउँपालिका ३ दोभान बजारमा भएको आगलागीबाट ठूलो भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गरेका हुन् । उनले आगलागी पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनस्र्थापनाका लागि सहयोग उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन् ।

पीडितहरुलाई राहत तथा पुनस्र्थापनाका लागि आफ्नो तर्फबाट पनि सक्दो पहल गर्ने भट्टराईले प्रतिवद्धता जनाएका छन् ।
जुङको मेरिङदेन गाउँपालिका ३ मा मंगलबार भएको आगलागीबाट ४९ वटा घर जलेर नष्ट भएका छन् ।

ranechhap