वि.सं.२०८३ वैशाख २० आइतवार

प्रधानमन्त्री ओलीले भने, ‘हटाउन सक्छ भने हटाओस्,अर्को चुनावमा दुई तिहाइ ल्याउँछु’

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् ।

मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले बताए ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।

तर अहिले पनि आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताए । उनले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए ।

फागुन २३ गते अधिवेशन बोलाएको छ । राम्ररी चलाएर अघि बढाउने प्रयास मेरो हुन्छ । नकारात्मक भूमिका कहिले पनि हुँदैन, उनले बताए।

ranechhap