वि.सं.२०८३ भदौ ८ सोमवार

माधव नेपाल भन्छन, ‘प्रधानमन्त्रीलाई हामी सुरक्षा दिन्छौं’

khanepani

विराटनगर । प्रचण्ड माधव पक्षीय नेकपाका एक अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई सुरक्षा चुनौती भएको भए आफ्नो पार्टी सुरक्षा दिन तयार रहेको बताएका छन् ।

प्रेस संगठन नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले कार्यकारी प्रधानमन्त्री नै असुरक्षित हुने कुरा सामान्य विषय नभएको टिप्पणी गरे ।

सोमबार झापामा एक कार्यक्रममा प्रधानमन्त्रीले सम्पूर्णरूपले आफूमाथि अत्यन्तै तीब्र गतिले प्रहार भइरहेको भन्दै ज्यान तल माथि भइहाल्यो भनेपनि अनौठो नमान्नुहोला भनेका थिए ।

नेपालले ‘प्रतिगमनकाविरुद्ध आन्दोलनमा रहेकाहरू’सँग सरकारमा सहकार्य हुने पनि बताए । उनले भने‘प्रतिगमनका मतियारहरू पनि सच्चिएर आउँछन् भने पश्चाताप गर्छन् भने पार्टीका साथीहरूलाई स्वागत गरिनेछ ।

पूर्वप्रधानमन्त्री नेपालले संसद अधिवेशनसँगै राजनीतिक गतिरोध सहजतातर्फ अघि बढ्ने दाबी गरेका छन् ।

प्रधानमन्त्रीविरुद्ध संसद सचिवालयलमा दर्ता गरेको अविश्वासको प्रस्ताव अघि बढन र बढाउने विषयमा नेता नेपालले तत्काल केही नबोल्ने बताए ।

त्यसका लागि प्रतिगमनको विपक्षमा रहेका प्रमुख तीन दलसँग छलफल गर्ने भन्दै उनले भने ‘हामीले दर्ता गरेको प्रस्तावमा सहयोग गर्नुस् सक्नुहुन्न भने तपाईहरु प्रस्ताव अगाडि बढाउनुस् हामी सहयोग गर्छौं ।

ranechhap