वि.सं.२०८३ भदौ ११ बिहीवार

राष्ट्रिय जनमोर्चा रुपन्देहीको छैटौँ जिल्ला सम्मेलनको अध्यक्षमा टानबहादुर केसी निर्वाचित

khanepani

रुपन्देही । राष्ट्रिय जनमोर्चा रुपन्देहीको छैटौँ जिल्ला सम्मेलनले टानबहादुर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

सम्मेलनले १७ पूर्ण ५ वैकल्पिक र ५ सल्लाहकार रहेको जिल्ला समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा इन्द्रा ज्ञवाली, कृष्णप्रसाद पोखरेल, कोषाध्यक्षमा गोपालप्रसाद गैरे, सहसचिवमा लालबहादुर क्षेत्री निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा लक्ष्मी कुँवर, हिरालाल धामी, लीलाराम खनाल, हरि राहादी, गोपाल बन्जाडे, हर्क टन्डन, रनमायां परियार, हरि केसी, भिमलाल न्यौपाने, गंगालाल सापकोटा रहेका छन् ।

वैकल्पिक सदस्यहरूमा यमबहादुर क्षेत्री, रेणुसिंह, विशाल पौडेल, खगेस्वर गिरी, तुलसी शर्मा रहेका छन् । त्यसैगरी रुकबहादुर पराजुली, पदमप्रसाद श्रेष्ठ, पुरुषोत्तम कँडेल, कृष्णवम मल्ल र चेतनाथ आचार्य रहेको सल्लाहकार समिति गठन गरिएको छ ।

ranechhap