वि.सं.२०८३ भदौ ३ बुधवार

प्रचण्ड माधव समूहको स्थायी कमिटी मंगलबार, केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

khanepani

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

भोलि मंगलबार स्थायी कमिटी र पर्सि बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यसअघि ७ फागुनमा पनि स्थायी कमिटी र केन्द्रीय कमिटीको अनौपचारिक बैठक बसेको थिए ।

संसद् पुस्र्थापना भएपछि भने पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको छ । ‘पार्टीको आगामी भूमिका कस्तो हुनेछ भन्नेबारे निर्णय लिन स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।

यो समूहका नेताहरु नयाँ सरकार निर्माण र निर्वाचन आयोगमा पार्टी वैधानिकता दावीमा जोड दिदै आएका छन् ।

ranechhap