29, Apr, 2024

शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको फिल्मको दृश्य काँटछाँट गरेर बकवास बनाइयो : सांसद खनाल

Bagmati Voice
संवाददाता
१० जेष्ठ २०८०, बुधबार १२:०७ | ११ महिना अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले देखाउने भनिएको फिल्मको दृश्य काँटछाँट गरेर बकवास बनाएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खनालले प्रधानमन्त्रीले शरणार्थी प्रकरणमा देखाउने भनिएको फिल्म बकवास भनिरहेको टिप्पणी गरे।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा ब्लकब्लस्टर फिल्म नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ट्रेलर हेरेर उत्साहित भइयो तर यो फिल्म को दृश्य यति काँटछाँट गरिँदै छ कि फिल्म त सारै बकवास बनिरहेको छ।’

रास्वपा प्रधानमन्त्रीले बनाउने भनेको बकवास फिल्म हेरेर नबस्ने चेतावनी दिए। उनले थपे, ‘आइजिपी, पूर्व सचिव, पूर्व मेयर पूर्व प्रधानमन्त्री समेतको नाम जोडिएको छ। नो इफ नो वट सबै माथि छानबिन गरेर कारबाही गर्नुपर्छ।’

१० जेष्ठ २०८०, बुधबार १२:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading