04, Oct, 2023

संसदले दुईपटक पारित गरेको नागरिकता विधेयक फिर्ता आउनुहुँदैनः निधि

बागमती भ्वाइस न्युजडेस्क
१० जेष्ठ २०८०, बुधबार ११:५३ | ४ महिना अगाडी

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक प्रमाणित गराउन सरकार सक्रिय हुनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै निधिले संसदले दुई पटक पारित गरेकोले नागरिकता विधेयक राष्ट्रपति कार्यालयबाट प्रमाणित हुनुपर्ने बताएका हुन्।

‘संसदबाट दुईपटक पारित गरेर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन। त्यहीँबाट प्रमाणित हुनुपर्छ,’ उनले भने।

उनले सदनले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणित गर्नु संविधानसम्मत रहने पनि बताए।

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूबीच नागरिकता विधेयक प्रमाणित गर्ने सम्बन्धमा छलफल भएको समाचार सुनियो,’ उनले भने ‘वाधा फुकाउन पनि परेन यो संविधानसम्मत कुरा नै हो।’

१० जेष्ठ २०८०, बुधबार ११:५३ मा प्रकाशित