25, Sep, 2023

सदनमा प्रधानमन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि हो’

बागमती भ्वाइस न्युजडेस्क
९ जेष्ठ २०८०, मंगलवार १५:३७ | ४ महिना अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो देशको सिमानाको सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताए ।

उनले भने, ‘थाती रहेको सीमासम्बन्धी बिषयलाई एतिहासिक सन्धि, नक्सा र तथ्यप्रमाणको आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ छ ।’

९ जेष्ठ २०८०, मंगलवार १५:३७ मा प्रकाशित