24, Jun, 2024

ओलीको गुनासो, राजनीतिमा आफ्ना कुरा राख्दा अश्लील र अपमानपूर्ण भाषा प्रयोग गर्न थालियो

Bagmati Voice
संवाददाता
९ जेष्ठ २०८०, मंगलवार १५:११ | १ साल अगाडी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा अराजकता बढेको गुनासो गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै उनले राजनीतिमा अस्थिरता, अन्योल र अविश्वास बढेको बताए ।

उनले भने, ‘अराजकताको कारणले मान्छेले राजनीति भन्न छाडेको छ । आफ्ना विचारलाई लोकतान्त्रिक विधिबाट प्रकट गर्ने र लोकतान्त्रिक विधिबाट समाधान खोज्ने होइन, मुडे बलले समाधान खोज्ने, ढुंगा हानेर, अशान्ति मच्याएर आतंकपूर्ण तरिकाबाट आफ्नो असहमति जनाउने शैली अपनाउन थालेका छन् । अन्यन्त अशिष्ट, अमर्यादित, अभद्र र असामाजिक, समाजले स्वीकार्नै नसक्ने खालको घटिया भाषाको प्रयोग गर्न थालिएको छ ।’

अश्लील र अपमानपूर्ण रुपमा बोलेपछि मात्रै आफ्नो कुरा सम्प्रेषण हुन्छ भन्ने प्रवृत्ति बढेको ओलीको भनाइ छ ।

दक्षिणपन्थी अराजकतावाद र सांगठनिक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादको आधार निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

९ जेष्ठ २०८०, मंगलवार १५:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading