28, Apr, 2024

नीति तथा कार्यक्रममा स्वर्णिमको टिप्पणी, परम्परा धान्न ल्याएको दस्तावेज हो, धेरै उत्ताउलोपन नदेखाऔं

Bagmati Voice
संवाददाता
९ जेष्ठ २०८०, मंगलवार १३:१२ | ११ महिना अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याएको दस्तावेज भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा छलफलको क्रममा उनले कर्मकाण्डीलाई क्रमभंगतातिर लानुपर्ने बताए ।

उनले भने, ‘नीति तथा कार्यक्रमबारे आरोप-प्रत्यारोप भइरहेको छ । तर, हामी रचनात्मक प्रतिपक्ष बन्छौं । यो परम्परा धान्नलाई ल्याएको एउटा दस्तावेज हो । र, परम्परा पनि धानिएको छ ।

नविनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिका कसीमा राम्रो गर्न सकिन्थ्यो होला । विगत १० वर्षदेखि राज्यप्रणालीमा संलग्न छु । नीति तथा कार्यक्रम यस्तै यस्तै हो । त्यसैले यसमा धेरै उत्ताउलो पनि देखाउनुपर्छ जस्तो लाग्दैन ।’

९ जेष्ठ २०८०, मंगलवार १३:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading