04, Oct, 2023

कक्षा १० को पाठ्यक्रमबाट सन्दुक रूइतको जीवनी हटाएकोप्रति एमाले सांसदको आपत्ति

बागमती भ्वाइस न्युजडेस्क
९ जेष्ठ २०८०, मंगलवार १२:५९ | ४ महिना अगाडी

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले कक्षा १० को पाठ्यक्रमबाट डा. सन्दुक रूइतको जीवनी हटाइएकोप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रूइतको जीवनी हटाउनुको कारण सरकारसँग मागे।

उनले भने, ‘नेपाली पाठ्यक्रम कक्षा १० मा डा. सन्दुक रूइतको लेखिएको जीवन पढाइ हुन्थ्यो। पाठ्यक्रमबाट हटाइयो। भाँचेर कता कता केमा राखियो। उहाँका कारण देशको इज्जत बढेको छ। त्यो किन हटाइयो ? शिक्षा मन्त्रीसँग जवाफ माग्छु।’

९ जेष्ठ २०८०, मंगलवार १२:५९ मा प्रकाशित