25, Sep, 2023

संसदको संयुक्त बैठक र समिति नियमावली संशोधन मस्यौदा समिति गठन

बागमती भ्वाइस न्युजडेस्क
५ जेष्ठ २०८०, शुक्रबार १५:१६ | ४ महिना अगाडी

काठमाडौं । राष्ट्रियसभाको बैठकबाट संघीय संसद्को संयुक्त बैठक र संयुुक्त समिति(कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
जसअन्तर्गत राष्ट्रियसभाबाट समितिमा अनिता देवकोटा, गंगाकुमारी बेलबासे र भैरव सुन्दर श्रेष्ठ सदस्य रहने छन् ।
समिति गठनको प्रस्तावक गोपीबहादुर सार्की(अछामी), माओवादी केन्द्र समर्थक प्रकाश पन्थ(नेका) दिलकुमारी रावल थापा(एमाले) रहेका थिए ।

५ जेष्ठ २०८०, शुक्रबार १५:१६ मा प्रकाशित