
काठमाडौं । युट्युबले ठूलो स्क्रिनका प्रयोगकर्ताहरुले ३० सेकेण्डसम्म एड स्किप गर्न नमिल्ने प्रावधान ल्याउने घोषणा गरेको छ । अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजना गरिएको ‘युट्युब ब्रोडकास्ट’ कार्यक्रममा कम्पनीले यस्तो घोषणा गरेको हो ।
‘युट्युब सेलेक्ट अम्ब्रेला’ क्याटागोरी अर्थात लाइक, कमेन्ट, भ्युज भएको भिडिओमा यो नियम लागू हुने कम्पनीको भनाइ छ । १५-१५ सेकेन्डका दुई वटा विज्ञापनको तुलनामा ३० सेकेन्डको एउटा भिडिओ देखाउनु उपयुक्त हुने भन्दै युट्युबले यस्तो घोषणा गरेको हो ।
कम्पनीले स्मार्ट टीभीमा युट्युब हेर्ने प्रयोगकर्ताका लागि ‘पज एड्स’ (Pause Ads) फिचर ल्याउन लागेको पनि जनाएको छ । यी नियम कहिलेबाट लागू हुने भन्ने विषयमा भने कम्पनीले हालसम्म कुनै आधिकारिक जानकारी गराएको छैन ।
यद्यपि युट्युबको यो घोषणाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई भने चुनौती आउने देखिएको छ । नेपालमा २०७७ कात्तिक ७ गतेदेखि क्लिनफिड लागू भएको छ । विदेशी विज्ञापनको प्रसारणमाथि रोक लगाउन सरकारले क्लिन फिड लागू गर्ने निर्णय गरे तापनि डाउनलिंक गरिएका टेलिभिजनमा मात्र सो कानून लागू भएको र आईपी टीभी र युट्युबलगायतका ओटीटी एप्समार्फत मोबाइलमा समेत निर्वाध रुपमा विदेशी विज्ञापनसहितका सामग्री प्रसारण भइरहँदा पनि नियामक निकायहरु मूकदर्शकमात्र बनेर बसेको छ ।
यस किसिमको अवस्थामा युट्युबको घोषणाले नियामक निकायहरुलाई चुनौती थपिने सम्भावना बढेको छ ।
याे पनि पढ्नुस् : अवैध एप्लिकेशनबाट मात्रै देशले बर्सेनि गुमाउँछ ७ अर्ब ६० करोड, सञ्चार मन्त्रालय मूकदर्शक
ओटीटीको लुट सरकारको छुट’ श्रृंखलाका यी सामग्री पनि पढ्नुस् :
भाग १- देशको ढुकुटी रित्याउने खेल ! नेटफ्लिक्सहरूले लग्दैछन् बर्सेनि सात अर्ब
भाग २- फेसबुकमार्फत ओटीटीको विचौलिया धन्दा, ‘पोर्न’ को समेत व्यापार (प्रमाणसहित)
भाग ३- एक्सक्लुसिभः एनसेलद्वारा बिनालाइसेन्स भिडिओ सामग्रीको व्यापार, करोडौंको कर छली
भाग ४- ओटीटीलाई राष्ट्रबैंकको लिस्नु, डलर कार्डबाट ९ महिनामै विदेशियो एक अर्ब
भाग ५- ओटीटी नियमन गर्न प्रसारण नियमावली संशोधनको तयारी, तर एनसेललाई कारबाही गर्न आलटाल
भाग ६- राष्ट्रिय प्रसारण नियमावली गुपचुप संसोधनः कर छल्नेलाई झन् प्रोत्साहन
समाचार प्रभावः प्रसारण नियमावलीमा व्यापक संशोधन, इजाजतपत्रविना ओटीटी चलाउन नपाइने