24, Jun, 2024

मन्त्रालयमा सहमति भइसक्यो, आइतबारसम्म सरकार विस्तार हुन्छ : प्रवक्ता पाण्डेय

Bagmati Voice
संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार ०८:४३ | १ साल अगाडी

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले आइतबारसम्म प्रदेश सरकार विस्तार हुने बताएका छन् ।

जनमत संचार केन्द्र नेपालले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता पाण्डेयले गठबन्धनको सरकार भएको र सबैलाई मिलाएर जानुपर्ने भएकाले सरकार विस्तारमा ढिलाइ भएको प्रष्टीकरण दिए ।

‘आजसम्म मन्त्रालयको बाँडफाँट टुंगिन्छ र आइतबारसम्म सरकार विस्तार भइसक्छ’, उनको दाबी थियो ।

उनले नेपाली कांग्रेसले ३, माओवादीले ३ र अन्य दलहरूले १/१ मन्त्रालय लिने सहमति भइसकेको पनि जानकारी गराए ।

सरकार विस्तारसँगै प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने तयारी भइरहेको पाण्डेयको भनाइ छ ।

उनका अनुसार मन्त्रालय थप गर्ने विषयमा पनि छलपद्य भइरहेको छ । केन्द्रीय नेतृत्वमा रहेकाहरूको केन्द्रिकृत मानसिकता हटिनसकेकोले संघीयता कार्यान्वयनमा अलमल भएको भन्दै उनले सरकार विस्तारपछि संघीयता कार्यान्वयनमा संघीय सरकारसँग निर्णायक वार्ता गर्ने बताए ।

‘संघीयता कार्यान्वयन नहुँदा जनताले संघीयताको अनुभूति गर्न पाएनन् । संघीयता कार्यान्वयनका लागि लबिङ केन्द्रसँग वार्ता गर्छौं’, पाण्डेयले सुनाए ।

५ जेष्ठ २०८०, शुक्रबार ०८:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading